काँग्रेसलाई टिकट बिक्रीको आरोप, टिकट बिक्री गर्ने ठाउँ छाडे कार्यकर्ताले

823
views

रुपन्देही । नेपाली काग्रेसका एक पुराना नेताले पार्टी छाडेका छन् । टिकट वितरणमा आर्थिक चलखेल भएको आरोप लगाउँदै सो पार्टीका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेलले पार्टीको साधारण सदस्य समेत नरहने गरि काग्रेस छाडेका हुन् । उनले आफ्नो फिक्स भएको टिकट अन्तिम समयमा अर्कैलाई बेचिएको समेत आरोप लगाउँदै पार्टी परित्याग गरेका छन् ।
पौडेल २०३४ सालका काँग्रेस कार्यकर्ता हुन् । उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० निवासी हुन् । पौडेलले काँग्रेसबाट अन्याय भएता पनि मंसिर २१ गते हुने प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. १ को ‘ख’ बाट उम्मेदवारी दर्ता गराएका छन् । २०३४ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरी राजनीति आरम्भ गरेका पौडेल २०३६ सालमा क्रियाशील सदस्यता लिई निरन्तर राजनीतिमा छन् ।
पैसावाला तथा नवप्रवेशीहरुको हातमा पार्टी पुगेको उनको संगिन आरोप छ । २०३६ सालको छात्र आन्दोलन, २०३६ कै जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय रहेको तथा २०४० को सुरजपुरा काण्डमा गिरिजाप्रसाद कोइरालाको ज्यान जोगाई आफूले सेमराबजार हुँदै बुटवल पु¥याएको घटना स्मरण गर्दै पौडेलले भारी मनले पार्टी छोड्नुपरेको उल्लेख गरे ।
२०४६ सालको जनआन्दोलनमा माघ २९ गते प्रहरीले आफ्नो घरमा घेरा हाली पक्राउ गरेर बुटवल प्रहरी थानामा हिरासत बस्नुपरेको र सोही हिरासतमा रहँदा प्रहरीले दिएको चरम यातनाका कारण दाहिने आँखा गुमाउनु परेको उनको पीडा अन्तत टिकट प्रकरणबाट अन्त्य भएको छ ।
उनले पत्रकार सम्मेलनमा पार्टीमा नाताबाद र कृपावादका कारण टिकट वितरणमा देखाएको अकर्मण्यताले पार्टीप्रति निष्ठावान, प्रतिबद्ध इमान्दार नेता तथा कार्यकर्तालाई ठूलो चोट परेको उल्लेख गर्दै आफुलाई काँग्रेसबाट विदाई गरेका छन् ।