काँग्रेस आफ्नै कारण कम्जोर हुँदैछ–प्रचण्ड

751
views

चितवन, १९, कार्तिक । पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं.–३ का उम्मेदवार प्रचण्डले नेपाली कांग्रेस आफ्नै कारण कमजोर हुँदै गएको बताउनुभएको छ ।
चितवनको चनौलीमा पार्टी कार्यालय उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, “इतिहासमा नेपाली कांग्रेसले पटकपटक देशको नेतृत्व गर्ने अवसर पाएको छ ।

तर, पछिल्लोपटक कांग्रेसमा देखिएको नेतृत्व संकटले कांग्रेस कमजोर बन्दैछ। अब तपाईहरु बामपन्थी गठबन्धनबाट आतङ्कित नहुनुस् । तपाईहरु पनि मिल्नुस् । बिपीको आदर्श्तिर फर्कनुस्, त्यो नै देश र कांग्रेसको पनि हितमा हुन्छ ।

“स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिन्छ। हामीले राजनीतिक स्थीरता खोजेका छौं, विकास खोजेका छौं“ प्रचण्डले भन्नुभयो, “हामी स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिको नयाँ चरणमा लैजान चाहन्छौं । चितवनको अभिमत लिएर देशको नेतृत्व गर्ने अठोटका साथ अगाडि आएको छ। अब विकास र समृद्धिको कुनै विकल्प छैन ।’