टर्किस एयरको एयरबस ए–३३० वाइडबडी विमानभित्रको यस्तो छ संग्राहालय

1041
views

काठमाण्डौ । अवतरणको क्रममा दुर्घटनामा परेको टर्किस एयरको एयरबस ए–३३० वाइडबडी विमानभित्र संग्राहालय बनेको छ । उड्डय क्षेत्रको जानकारीसँगै विद्यार्थीवर्गमा रुची जागृत गर्ने उद्देश्यले हवाई स्रगाहलय स्थापना गरिएको हो । यो संग्राहलय उड्य क्षेत्रको जानकारी तथ विद्यार्थीहरुको लागि रुचि र उपयोगिताको विषय हरहेको संचालक बेद उप्रेतीको भनाई छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा झण्डै सात करोड लगानीमा सिनामंगलमा बनाइएइको यो संग्राहालय आइतबारदेखि खुल्ला हुने ट्रष्टले जानकारी दिएको छ । पाँच खण्डमा विभाजन गरी विभिन्न सेक्सन निर्माण गरिएको संग्राहालयभित्र उड्डयन क्षेत्रका विषयवस्तु राखिएको र जहाजको तल्लो तलामा बैठक कक्ष समेत बनाईएको छ । जहाजभित्रको उक्त संग्राहलमा प्रवेश गर्ने वित्तिकै अवलोकनकर्ताले यो संग्रहालय बनाउने क्रममा भएका गतिविधि समेटिएको नेपाली र अंग्रेजी दुवै भाषाको श्रव्यदृश्य सामाग्री सुन्न सक्नेछन् ।

वेलकम हलमा एयरबस–३३० को ग्लास ककपिट राखिएको छ । संगै जहाजको मोडेल पनि राखिएको छ । संग्राहलयको एयर फोर्स हलमा पहिलो विश्वयुद्धदेखि अहिलेसम्मका लडाकु विमानका मोडलहरु राखिएको छ । त्यसपछि क्रमैसंग एयरबस–३८० र बोइङ–७७७ को मोडल, संसारका मुख्य–मुख्य एयरलाइन्सहरुका मुख्य–मुख्य जहाजहरु (बोइङ र एयरबसका विभिन्न सिरिज), नेपालमा उडेका डिसी थ्री देखि पछिल्ला एयरबस–३३० र आर्मीको सिएन–३५ का सयौ मोडेलहरु राखिएको छ ।
२०७१ फागुन २० गते टर्किस एयरको एयरबस–३३० बिमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर ग्राउण्डेड भएको थियो । एयसवस मर्मतका लागि उपकरण ल्याउन नसकेको टर्किस एयर इञ्जिन निकालेर नेपालमै बेच्ने निचोडमा पुगेपछि क्याप्टेन वेद उप्रेतीको संग्रहालयको परिकल्पना विजारोपण भएको थियो ।
यो म्युजियमबाट आम सर्वसाधारण र विद्यार्थीमा उड्डयन क्षेत्रको जिज्ञासा मेटाउने र ज्ञान समेत अभिवृद्धि गर्ने विश्वास म्युजियम संचालक उप्रेतीको विश्वास छ ।
म्युजियम अवलोकनका लागि ३ सय रुपैया प्रवेश शुल्क राखिएको छ । तर विद्यालयको अनुमति लिएर आएका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले निशुल्क प्रवेश पाउने छन् । अन्य विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था छ । म्युजियम संचालनको सुरुको एक महिनाका लागि शुल्कमा केही छुट दिईएको छ ।
बिहान ९ बजेदेखि पाँचबजेसम्म खुल्ला रहने उक्त संग्राहालयमा पहिलो महिना नेपालीहरुलाई ५० रुपैयाँ छुट दिइएको छ भने विदेशीलाई ६ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै फरक क्षमताका व्यक्तीहरुको लागि १ सय ५० रुपैयाँमात्र शुल्क निर्धारण गरिएको छ ।