‘जोशी विरुद्धको बागी उमेदवारी फिर्ता’

758
views

कार्तिक, १९ गते । पर्वत । नेपाली कांग्रेसका आधिकारीक उमेदवारका विरुद्ध बागी उठेका कांग्रेस नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले उमेदवारी फिर्ता लिएका छन् । उनले उम्मेदवारी फिर्ता गराउनका लागि पोखराबाट कुश्मासम्म हेलिकोप्टर चार्टर गरी आएका थिए ।
नेपाली कांग्रेसको तर्फबाट पर्वतबाट प्रतिनिधिसभामा उमेदवार बनेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीविरुद्ध बागी उम्मेदवारी दिएका पौडेलले आइतबार हेलिकोप्टर चार्टर गरी उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रभु एयरको हेलिकप्टर ५० हजार रुपैयाँमा चार्टर गरिएको थियो । पौडेलको नाममा १ बजे अघि नै उमेदवारी फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिइएको थियो । तर पौडेल भने १ः३० बजेपछि मात्रै निर्वाचन कार्यालयमा पुगेका थिए ।
पौडेलले नेपाली कांग्रेसले उचित जिम्मेवारी दिने बिषयमा सहमति भएपछि उमेदवारी फिर्ता गरेको बताए । नेपाली कांग्रेसका युवा नेता तथा व्यवसायी मनोज गुरुङ्ग, मोहन आचार्य, प्रकाश पौडेललगायतको पहलमा शनिबार मध्यरातसम्म पोखरामा छलफल भएपछि आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले उमेदवारी फिर्ता लिएका हुन्।
पर्वतको प्रदेश सभा ‘क’ मा प्रत्यक्ष तर्पm उमेदवारीको दाबी गर्दै आएका शर्माले नेपाली कांग्रेस पर्वतमा एउटा व्यक्तिको अधिनायकवाद कायम रहेकाले त्यसविरुद्ध उमेदवारी दिएको बताएका थिए ।