‘मधेशी भूमि मधेशी जिताउ’

685
views

कार्तिक, १९ गते । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ महोत्तरीमा चुनाव लड्न आएको बताउँदै भने ‘मधेशी भूमिमा मधेशीलाई नै जिताउ ।’ आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार ठाकुरले सदरमुकाम जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले मतदाताको विशेष आग्रहमा आफू महोत्तरी जिल्लाबाट चुनाव चुनाव लड्न आएको जिकिर गरे । जिल्लाको साविक एकरहिया गाविस र हाल पिपरा गाउँपालिका जन्मभूमि रहेका नेता ठाकुरले भने ‘जन्मभूमिको आकर्षणले मलाई यसपालिको चुनावमा महोत्तरीबाट लड्न उत्प्रेरित ग¥यो’ । चुनावमा सम्पूर्ण मधेशको भूमिमा केवल मधेशीलाई जिताउन सबै मतलाई मेरो आग्रह छ ।
महोत्तरीमा तीन लाख मतदाता
दोस्रो चरणको निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख सात हजार ६०२ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार स्थानीय तहको निर्वाचनपछि जिल्लामा नौ हजार २८८ मतदाता थपिएका छन् । त्यसैगरी ११ मतदान केन्द्र थपिएर जिल्लाका २५८ मतदानस्थलमा ४२६ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।