कालिकोटमा नयाँशक्ति सहितको लोकतान्त्रिक गठवन्धन

857
views

कालिकोट, १९ कार्तिक । कालिकोटमा नेपाली काँग्रेस, राप्रपा प्रजातान्त्रिक, राप्रपा र नयाँ शक्ति पार्टीकाबीच चुनावी एकता भएको छ ।

लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार काँग्रेस महाधिबेशन प्रतिनीधि भुपेन्द्रजंग शाहीलाई निर्वाचित गराउने उद्वेश्य सहित चुनावी एकता भएको शाहीले बताएका छन् ।

एकतापछि संबोधन गर्दै शाहीले लोकतान्त्रिक गठबन्धनलाई हराउने तागत कसैसँग नरहेको दाबी गरे । उनले गठवन्धनपछि कालिकोटमा नेपाली काँग्रेसको जित सुनिश्चित भएको दाबी समेत गरेका छन् ।

सो अवसरमा शाहीले कालिकोट जिल्लाको समृद्धी र विकासको लागि एमाले र माओवादीका नेता तथा कार्यकर्तालाई समेत मतदान गर्न आव्हान गरेका छन् ।