पाल्पाली समाज युएईको अध्यक्षमा बेदप्रसाद अर्याल

1019
views

कार्तिक । पाल्पाली समाज युएईको अध्यक्षमा वेद प्रसाद अर्याल अर्याल निर्वाचित हुनुभएको छ । गएको ३ नोभेम्बर शुक्रबारका दिन दुबईको विडरेन्ज रेष्टुरेण्टमा पाल्पाली समाज युएईले दोस्रो महाधिवेशन–२०१७ भव्यताका साथ सम्पन्न गरेको थियो ।

खुम आलेको अध्यक्षतामा रहेको पहिलो कार्यकाल सकिएपछि दोस्रो कार्यकालका लागि सो महाधिवेशन गरिएको हो । महाधिवेशन कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा रहनुभएको थियो भने महाधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्ष खुमबहादुर आलेले गर्नुभएको थियो ।

यसअघि बेदप्रसाद अर्याल निवर्तमान महासचिव थिए । महाधिबेशन सम्पन्नका लागि नयाँ कार्यसमिति निर्वाचन गर्न गीतामणि पाण्डेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको थियो ।

निर्वाचन समितिले आगामी २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि बेदप्रसाद अर्यालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

सन् २०१५ मा पाल्पालीवासीहरुको पहलमा स्थापना भएको पाल्पाली समाज युएईले युएईस्थित क्रियाशिल रहेका विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै उद्धार तथा आर्थिक सहयोग कार्यहरुमा धैरे सहयोग गरेको उदाहरणहरु देख्न पाईन्छ ।

सोही महाधिवेशनको अवसरमा बार्षिक प्रतिवेदन निवर्तमान महासचिव बेदप्रसाद अर्याल, संगठानिक प्रतिवेदन निवर्तमान सचिव धनबहादुर क्षेत्री र आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष कैलाश अर्यालले प्रस्तुत गरेका थिए ।