कृषकको आवश्यकता र मागका आधारमा मकै जोन परियोजना सञ्चालन गर्न सुझाव

827
views

महेन्द्र जिसी
पर्वत, २०, कार्तिक । स्थानीय कृषकको आवश्यकता, माग र पहाडी भुगोल सुहाउँदो यान्त्रिकरण गर्न मकै जोन क्षेत्रका कृषकहरुले परियोजनालाई सुझाव दिएका छन् । कृषकहरुले परियोजनाको कार्यक्रममा असन्तुष्ट जनाएका छन् ।
पर्वत जिल्लामा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गतको मकै जोन कार्यक्रम सञ्चालित छ । सो को ईकाई कार्यालय कार्यालय मुडीकुवामा रहेको छ । तर, यस क्षेत्रका कृषकहरुले ईकाई कार्यालयलाई सुझाएका हुन् ।
गतबर्ष कृषकलाई आएका ठूला साईजका दुई ट्याक्टर व्यापारीलाई अनुदानमा दिइएको भन्दै चर्को आलोचना गरेका छन् ।
स्थानीय कृषकले भने कृष्ण तिवारीले व्यापारीलाई फाईदा पुग्ने कार्य नगर्न अनुरोध गर्दै यान्त्रिकीकरणका नाउँमा अनावश्यक सामान खरीद नगर्न सुझाव दिए ।
यस्तै कृषक टिकाराम गौडेलले स्थानीयको मागका र भौगोलिक आधारमा यान्त्रिकिरणको विस्तार गर्न ईकाई कार्यालयलाई सुझाव दिए । कृषक गिता भुसालले कृषकहरुलाई मारमा पार्ने अनुदान वितरण नगर्न सुझाव दिएकी थिईन् ।
कार्यक्रममा स्थानीय कृषक मकै जोन कार्यालयको आर्थिक वर्ष ०७४÷०७५को कार्यक्रम सार्वजनिक र योजना तर्जुमा गतवर्षको प्रगति र चालु वर्षको कार्यक्रम प्रस्तुत गरिएको थियो ।
मकै जोन कार्यक्रमका प्रमुख बसन्त श्रेष्ठले आर्थिक चालु आर्थिक वर्षका लागि ५९ लाख रुपैयाँ बराबरको कार्यक्रम प्रस्तुत गरेका छन् ।
फलेवास नगर पालिकाका ६ वडालाई समेटेर सञ्चालित परियोजनालाई नगरभरी लागू गराउनुपर्ने भन्दै कृषकहरुका लागि आवश्यक यान्त्रिकीकरणको व्यवस्थ ागर्ने नगरापालिकाका प्रमुख पदमपाणी शर्माले बताए ।
शर्माले नगरपालिकाको साझेदारीमा फलेवास नगरका ११ वटै वाडामा परियोजना विस्तारमा जोन ईकाई लाग्न निर्देशन दिए । उक्त कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले गतवर्ष जोन क्षेत्रमा सरकारले खर्च गरेको बजेटको लक्षित उपलब्ध हाँसिल नभएको बताउँदै आगामी वर्ष बजेट पारदर्शी र कृषकमुखि कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
सो परियोजना फलेवास नगरपालिका अन्र्तगत शंकरपोखरी, कार्कीनेटा, थापाथाना, खानीगाउँ, देविस्थान र मुडिकुवामा सञ्चालित छ ।