नेपाल एअरलायन्स विमानको टायर पञ्चर दुर्घटना जोगियो

973
views

बुटवल, भैैरहवास्थित गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरण गर्ने क्रममा पछिल्लो टायर पञ्चर भएपछि विमान दुर्घटनामा परेपनि कुनै मानवीय क्षति भने भएन ।

एयरलायन्सको ९ एकेएस विमानमा दुईजना चालक मात्रै रहेको बताएको छ । टायर पन्चर भएपनि जहाज रनवेभन्दा बाहिर नपुगेको विमानस्थलले जनाएको छ । ‘थोरै रनवे छाडेको छ, अरु कुनै ठूलो क्षति भएको छैन’ विमानस्थलका सिसेल चित्रकारले भने ।