मन्त्रिपरिषदको बैठकले गर्यो सिंह र थापालाई उपरथीमा बढुवा

596
views

काठमाण्डौं, २२, कार्तिक । मन्त्रि परिषदको बैठकले नेपाली सेनाका दुईजना सहायकरथीलाई उपरथीमा बढुवा गरेको छ । सोमबार सेनाका सहायकरथी शसिबहादुर सिंह र अजितवरसिंह थापालाई उपरथीमा बढुवा गरेको हो ।
उपरथीमा बढुवा भएका सिंह हाल निमित्त प्रवन्धरथीको जिम्मेवारी सम्हालीरहेका छन् भने थापा सैनिक सामाग्री उत्पादन महानिर्देशनालयको निमित्त निर्देशक छन् ।
मन्त्रिपरिषदको बैठकको निर्णयले उपरथी अनुज बहादुर वस्नेतको पदावधी एक वर्षका लागी थप गरेको छ । हाल निरिक्षणाअधिकृत रहेका उपरथी वस्नेतको उपरथीको दुई वर्षे पदावधी यही महिनाको २७ गते सकिदै थियो ।