चुनावी अभियानमा नारायणकाजी घाईते

800
views

गोरखा, २२ कातिक । माओवादी केन्द्रका वरिष्ठ नेता तथा गोरखा –२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नाराणकाजी श्रेष्ठ घाइते भएका छन् । गोरखामा चुनावी अभियानको दौरानमा श्रेष्ठ घाईते भएका हुन् ।
अभियानमा जुटिरहेका बेला चुनावी सभामा सौरपानीमा सहभागी हुने क्रममा रडमा अल्झिएर घाइते भएको बताइएको छ । श्रेष्ठको निधार र दायाँ खुट्टामा चोट लागेको छ ।
घाईते भएका कारण बारपाकमा आयोजित बुधबारको घरदैलो कार्यक्रममा सहभागी हुन नसकेको अभियानका सहभागीहरुले बताएका छन् ।