निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न प्रमुख निर्वाचन आयुक्तको सुझाव

824
views

काठमाडौँ, २२ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सुझाएका छन् ।
यादवले आगामी निर्वाचनको सन्दर्भमा आमसभा, जुलुस, प्रचारप्रसारलगायतका कुनैपनि राजनीतिक क्रियाकलापहरुमा बालबालिकाको प्रयोग नगर्न÷नगराउन दल र उम्मेदवारलाई सुझाव दिएका हुन् ।शिक्षक तथा अभिभावकलाई निर्वाचनमा बालकालिकाको प्रयोग हुनुहुन्न भन्ने सन्देश दिन जिल्ला तहमा सचेतना ¥याली निकाल्न सुझाव दिँदै आयुक्त डा यादवले शान्ति क्षेत्रको रुपमा रहेको विद्यालयमा राजनीतिक गतिविधि सञ्चालन गरिनु हुँदैन भन्नेमा आयोग दृढ रहेको उल्लेख गरे ।
यादवले विद्यालय परिसरभित्र प्रचारप्रसार, भित्तेलेखन, जुलुस, राजनीतिक छलफल, अन्तक्र्रिया, गोष्ठी र सभा नगर्न, पठनपाठनलाई असर गर्ने कार्यक्रम नबनाउन, विद्यालयको आर्थिक, भौतिक स्रोतसाधन तथा वस्तुलाई राजनीतिक प्रयोजनका लागि प्रयोग नगर्न, स्थानीय तहमा रहेका राजनीतिक प्रतिनिधिलाई शैक्षिक विकासका लागि पूर्ण जवाफदेही बन्न तथा विद्यालयको हाताभित्र हातहतियारको प्रदर्शन गर्न नदिन पनि बालअधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाले अपिल गरेका छन् ।
विद्यालय परिसरमा सम्भव भएसम्म मतदान केन्द्र नराख्न अपिल गरिए पनि अन्यत्र स्थान अभावका कारण अधिकांश विद्यालयमा नै मतदान सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको आयोगको तर्फबाट सो अवसरमा जानकारी गराइएको थियो ।
अपिल प्रस्तुत गर्न शिक्षाका लागि राष्ट्रिय अभियान, युनिसेफ, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, शिक्षा पत्रकार समूह र शिक्षा पत्रकार सञ्जालका प्रतिनिधि आयोग पुगेका थिए ।