नरेश भट्टराईको ‘सेल्फी क्वीन’मा रविना र अनिल

709
views

काठमाडौं, २२, कात्तिक । लोकप्रिय संचारकर्मी नरेश भट्टराई विगत दुई दशक देखि संचारमाध्यममा सक्रिय छन् ।
गीत लेखनमा पनि डेढ दशकदेखि क्रियाशिल उनले करिब तीनसय गीत रचना गरिसकेका छन् ।
दुईवटा एकल एल्बम सार्बजनिक गरिसकेका भट्टराईको तेस्रो एकल एल्बमको रुपमा ‘फलो मी’ रहेको छ ।
यस एल्बममा लोकप्रिय पप गायक अनिल सिंहको एकल संगीत र हङकङ निवासी नवगायिका रविना थापाको स्वर रहेको छ ।
६ फरक भावका गीतहरु समेटिएको ‘फलो मी’मा ‘सेल्फी क्वीन’, ‘ह्याप्पी न्यू इयर’, ‘मनको गाँठो’, ‘हिरो’ र ‘ओ प्रिय’,‘रेलीमाई’ बोलका गीतहरु रहेका छन् ।
उक्त एल्बमका गीतहरु मध्येको ‘सेल्फी क्वीन’को भिडियो सार्बजनिक भएको छ ।
सार्बजनिक भएको एकसातामै लोकप्रिय बन्न पुगेको उक्त भिडियोमा हाँस्य कलाकार सन्दीप क्षेत्री, संचारकर्मी सुशील नेपाल, राजेश थापा र गायिका स्वंयमको अभिनय छ ।
संचारकर्मी सुब्रत आचार्यले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारी तथा टिमद्वारा छायांकन र भरत रेग्मीले सम्पादन गरेका छन् ।
‘भ्वाइस अफ नेपाल’को उपाधि पाएका सञ्चारकर्मी नरेश भट्टराई लामो समयदेखि इमेज एफएममा कार्यरत छन् ।