नयाँ शक्ति नेपाल पर्वतले थाल्यो घरदैलो अभियान, एक बुथमा बीस युवा परिचालन

1538
views

पर्वत । नयाँ शक्ति नेपाल पर्वतले चुनावी अभियान शुरु गरेको छ । नयाँ शक्ति नेपाल पर्वतले संघीय प्रतिनीधि सभा सदस्यमा नयाँशक्ति पार्टीका केन्द्रिय सदस्य यम बहादुर चोचाङ्गी पुन, प्रदेश सभा ‘क’ मा केन्द्रिय परिषद सदस्य महेन्द्र जङ्ग लामिछाने र प्रदेश सभा ‘ख’ मा केन्द्रिय परिषद सदस्य ओम भण्डारीले आँखा चिन्हमा मतदान गर्न अपिल गर्दै घरदैलो अभियानमा जुटेका हुन् ।

नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली, राजनीतिक स्थायित्व सहित आर्थिक क्रान्ति, कालो धन र भ्रष्टाचारको अन्त्यसँगै सु–सासनयुक्त समतामुलक समाज निर्माण, भ्रष्टचार र अनियमितता गरी जम्मा गरिएको कालो धन जफत गरी राष्ट्रियकरण गर्ने योजना सहित चुनावी प्रचारमा जुटेको प्रतीनिधी समाका उम्मेदवार यम बहादुर चोचाङ्गी ‘नविन’ ले बताए ।

यस्तै शिक्षा स्वास्थ्यमा समान अवसर, विदेशी युवा पलायन रोकी एक घर एक रोजगार सिर्जना गर्ने, हिमाल पहाड तराई मधेसबीच एकता कायम गरी ईन्द्रेणी राष्ट्रियताको जगेर्ना गर्ने, नेपाल र विदेश सम्बन्धमा पञ्चशिल सिद्धान्तको आधारमा राष्ट्रिय स्वाथ र हित अनुकुल बनाउने, नेपाल, भारत र चीनबीचको गतिशिल पुलको रुपमा विकास गरी, स्वाधीन र समृद्ध राष्ट्र निर्माण गर्ने, बुढीगण्डकी जलविद्युत आयोजनाको गैरकानुनी सम्झौता र सम्पूर्ण असमान सन्धी सम्झौताहरु खारेज गर्ने लगायतका एजेण्डाहरु सार्वजनिक गर्दै घरदैलो अभियान शुरु गरेको चोचाङ्गीले बताए ।

नयाँ शक्ति नेपाल राष्ट्रको समृद्धीमा लागेको पार्टी हो, आम जनसमुदायले पुराना पार्टीहरुलाई पटक पटक भोट दिएर हार खाई सकेका छन् यसपाली नयाँ शत्तिलाई अत्यधिक मतले विजयी गराइ देशको विकास र समृद्धिको रुपरेखा तयार गर्ने अवसर दिनुहुनेछ भन्ने लागेको प्रदेश सभा ‘क’ नयाँ शक्ति नेपालका उमेदवार महेन्द्रजङ्ग लामिछानेले बताए ।

यस्तै प्रदेश सभा ‘ख’ नयाँ शक्तिका उम्मेदवार ओम भण्डारीले नयाँ शक्ति देशको रक्षा र विकासका लागि स्थापना भएको पार्टी भएकोले आम मतदाताले आँखा चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरेका छन् ।

भण्डारीले चुनावी अभियानमा पैसाको खोलो बगाउने र भ्रम सिजना गरी चुनाव जित्ने ध्याउन्नमा लागेका दलहरुलाई नयाँ शक्ति निकट युवाहरुले नछाड्ने चेतावनी समेत दिएका छन् । उनिहरुले प्रत्येक बुथमा बीस युवा टोलीको परिचालन गर्ने समेत जानकारी दिएका छन् ।