राजेशपायललाई अन्तराष्ट्रिय सम्मान ‘इन्टरनेशनल पप स्टार’ को उपाधी

976
views

 काठमाण्डौ । नेपाली गायक राजेश पायल राईले अमेरिकामा ‘इन्टरनेशनल पप स्टार’ को उपाधी प्राप्त गरेका छन् । यो सम्मान त्यहाँ बसोबास गर्ने नेपालीहरुमा नै अहिलेसम्मको ठुलो सम्मान हो । रोचेस्टरमा आयोजित कार्यक्रममा रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्तरूपमा उनलाई सम्मानित गरेका छन् । गायक राईलाई अमेरिकाको रोचेस्टर सिटी हलमा प्रमाणपत्रसहित सम्मानित गरिएको हो । कार्यक्रममा बोल्दै डेपुटी मेयर डा. अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रूपमा मनाउंने घोषणा गरे ।अब अमेरिकाको रोचेस्टर सिटिमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ नोभेम्बर ५ मा मनाइने छ ।

यस्तै उनलाई रोचेस्टर सिटीले ‘इन्टरनेशनल पप स्टार’ को उपाधिसमेत प्रदान गरेको छ । अमेरिकामा अहिलेसम्म कै भव्य, सभ्य र यति ठुलो पदाधिकारीबाट नेपाली कलाकारलाई सम्मान पहिलो मानिन्छ । नेपाली कलाकारलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म सुरक्षा प्रबन्ध दिएको यो पहिलो पटक भएको बताईएको छ । सम्मानपछि गायक राईले अमेरिकी भुमिमा आफुले पाएको सम्मान नेपाली कलाकारले अमेरिकामा पाएको अहिलेसम्म कै ठुलो भएको बताए ।

‘संसारकै सपनाको देश अमेरिकामा यति ठुलो सम्मान पाउँदा अत्यन्तै खुसी छुु ।’ उनले प्रतिक्रियामा भनेका छन ‘म राई त्यही माथि ‘राई इज किङ डे’ नोभेम्बर ५ मा विदेशीभुमिमा मनाउने घोषणाले मेरो देश सम्झेर निशब्द भएको छु । राजेशले केही साता यता अमेरिकाको विभिन्न राज्यमा आयोजित कार्यक्रममा प्रस्तुति दिइरहेका छन् । उनले नेपाली बाहेक दर्जनौ भाषामा गीत गाएका छन् ।