बाँकेको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न अध्ययन शुरु

970
views

बाँके, २३ कात्तिक । बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, पाँचवटा पंखालगायतका उपकरण जडान गरेको र अन्य उपकरण जडान गर्ने तयारीमा रहेको केन्द्रले जनाएको छ । जिल्ला समन्वय समिति, बाँकेका ऊर्जा इञ्जिनियर रामबाबु यादवका अनुसार सम्भाव्यता अध्ययनमा हावाको वेग र दिशा मापन गरिने र विद्युत् उत्पादनको सम्भावना भए नभएको परीक्षण गरिनेछ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एसियाली विकास बैंक ९ एडिबी ०को सहयोगमा मध्य र सुदूरका विभिन्न चार स्थानमा वायु ऊर्जा निकाल्ने प्रक्रियामा रहेको छ भने अछाम, सुर्खेत र जुम्लामा गरी तीनवटा वायु–सौर्य हाईब्रिड ग्रिडबाट ६५ किलोवाट विद्युत्का लागि आयोजना शुरु भइसकेका छन् ।