प्रधानसेनापति र रक्षा सचिवबीच शिष्टाचार भेट

देशको बिद्यमान परिस्थितिका बारेमा चासो व्यक्त

984
views

 काठमाण्डौ, २४ कार्तिक । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री र नेपाल सरकार रक्षा मन्त्रालयका नव नियुक्त रक्षा सचिव विनोद केसीका बीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ । भेटघाटका क्रममा रक्षा सचिव केसी र प्रधानसेनापति क्षेत्रीका बीच देशको बिद्यमान परिस्थिति र नेपाली सेना सम्बन्धी विविध बिषयहरुमा छलफल भएको छ ।

नव नियुक्त रक्षा सचिव केसीलाई जंगी अड्डा परिसरमा छुट्टै कार्यक्रममा वर्तमान बस्तुस्थिती, नेपाली सेनाका विभिन्न निकायहरुको जिम्मेवारी लगायत आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सुरक्षा सम्बन्धमा जानकारी गराउनुको साथै नेपाली सेनाको कार्य योजनाको बारेमा सम्बन्धित विभागका रथी वृन्द तथा अधिकृतहरुबाट प्रस्तुतिकरण समेत भएको छ ।