काठमाडौँ । नेपाल र चीनबीच उत्तर–दक्षिण रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय रेल प्रशासनका उच्च स्तरीय टोलीबीच सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको हो ।
समझदारी गर्नुअघि चीनको रेल वे प्रशासन उपप्रमुख चङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले पोखरा र लुम्विनीमा स्थलगत अवलोकन गरी रेल निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो ।
नेपाल सरकारले रेल मार्ग निर्माणका लागि नीति तथा कार्यक्रम र बजेटकै व्यवस्था गरेपछि चिनियाँ पक्ष यसको सम्भाव्यता अध्ययन गर्न सकारात्मक देखिएको नेपाल रेल विभागका महानिर्देशक अनन्त आचार्यले जानकारी दिए ।
सोही क्रममा नेपाल भ्रमण आएको चिनियाँ रेलवे प्रशासनका प्राविधिकसहितको उच्चस्तरीय टोलीले काठमाडौं–पोखरा–लुम्विनीसम्म जोड्ने रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेका हुन ।