पूर्व गृहमन्त्री ‘प्रभाकर’ को गाडीमा बम प्रहार

890
views

रुकुम २४, कार्तिक । नेकपा (माओवादी केन्द्र)का नेता तथा रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा प्रभाकरको गाडीमा बम प्रहार भएको छ ।

चुनावी अभियानका क्रममा रहेका पूर्व गृहमन्त्री समेत रहेका शर्माको गाडीमा बम प्रहार भएको हो । शुक्रबार सानोभेरी गाउँपालिकाको सिम्लीमा अभियानका क्रममा बम प्रहार भएको थियो । अज्ञात समूहले दुईओटा बम प्रहार गरेको थियो । एउटा मात्रै विस्फोट भएको बताइएको छ । शमा पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उठेका छन् ।