बारा प्रहरीद्वारा २३ किलो लागुऔषध गाँजा सहित दुई जना पक्राउ

1259
views

बारा, २४ कार्तिक । स.प्र.बल नेपाल सुरक्षा बेश क्याम्प तेलकुवा बारा बारा प्रहरी कार्यालय मातहत प्रहरी बेश क्याम्प लंगडा चोकबाट खटिएको संयुक्त प्रहरीको गस्ती टोलीले २३ केजीगाँजा लागु औषध गाँजा सहित दुई जनलाई पक्राउ गरेको छ ।

बाराको पचरौता नगरपालिका स्थित जमुनि खोला पुल नजिक सडकमा लंगडाचोकबाट महेन्द्र आदर्श तर्फ जादै गरेको अवस्थामा बारा सिम्रौनगढ नगरपालिका –२ का सरोज प्रसाद यादव र वडा नं–३ का रामबालक प्रसाद यादवलाई पक्राउ गरेको हो । उनीहरुले चढेकोे मोटरसाईकल रोकी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको २३ के.जी.लागु औषध गाजा फेला परेको बारा प्रहरीले जनाएको छ । उनीहरुलाई लागु औषध नियन्त्रण ऐन (२) ३३ बमोजिम बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानमा राखिएको प्रहरीले जनाएको छ ।