चितवन – १५ गते चितवन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नमबर ३ बाट निर्वाचनका लागि १६ गते उम्मेदवारी दर्ता गराए ।
त्यतिबेला उनले पाँच दिन जिल्लामै बिताए । आजको नागरिकमा रमेशकुमार पौडेलले लेखेका छन् ।
२० गते काठमाडौं फर्किदासम्म उनी दर्जनौं कार्यक्रममा सहभागी भए ।
उनको चुनावी अभियानमा असर पार्ने आकलन गरिएको बाँदरमुढे घटनापीडितलाई भेट्ने योजना भने अधुरै रह्यो ।
दाहाल चार दिन नहुँदै फेरि बिहीबार चितवन फर्केर आफ्नो चुनाव क्षेत्रमा घरदैलोमा जुटेका छन् ।
अब उनी माडी जाने हुन् वा हैनन् र बाँदरमुढे घटनापीडितलाई भेट्छन् भेट्दैनन् भन्ने चर्चा फेरि सुरु भएको छ ।