चुनावले पारिवारिक झगडाः एमालेलाई सहयोग गरेको भन्दै श्रीमतीलाई घरनिकाला

1189
views

मुगु, २५ कार्तिक । मुगुको कार्मारोङ्ग गाउँपालिका–८ माँग्री गाउँका ३१ वर्षीय निमा तामाङले श्रीमतीलाई घर निकाला गरेका छन् ।

उनकी २६ वर्षीया श्रीमती कर्मा छुइकित तामाङ नेकपा एमाले हुन् । चुनावमा काँग्रेसलाई सहयोग नगरेको भन्दै निमाले नाबालक छोरा–छोरीसहित श्रीमतीलाई घर निकाला गरेका हुन् ।

निमाकी आमा स्थानीय चुनावमा एमालेको तर्फबाट वडा सदस्यमा विजयी भएकी थिइन् । उनले श्रीमतीले आमाले भनेको मान्दै एमालेलाई चुनावमा सहयोग गरेपछि घर निकाला गरेको स्थानीय बताउँछन् ।

अहिले कर्मा छोराछोरीसहित छिमेकी घरमा बस्दै आएकी छन् । पछिल्लो पटक निमाले कात्तिक १२ गते श्रीमती कर्मालाई कुटपिट गरेको स्थानीय सोनाम तामाङले बताए ।