विवेकशील साझा पार्टीको घोषणापत्र सार्वजनिक

797
views

काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरिएको हो । 

घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका संयोजकहरु रवीन्द्र मिश्र तथा उज्ज्वल थापा सहभागी थिए । घोषणापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै सयोजक मिश्रले देशमा परिवर्तनका लागि आफूहरु राजनीतिमा आएको बताए ।