ह्वाइट हाउसका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारमाथि अनुसन्धान

798
views

कार्तिक २५ गते । ह्वाइट हाउसका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन फेरि समाचारमा छाएका छन् । रुसी अधिकारीहरुसँगको सम्पर्कबारे उपराष्ट्रपतिलाई दिग्भ्रमित पारेको आरोपमा राजीनामा दिन बाध्य पारिएका उनी प्रशासनका पहिलो अधिकारी थिए ।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार लाखौं डलर लिएर टर्कीका एक विपक्षी धर्मगुरुलाई नियन्त्रणमा लिने र उनलाई टर्की फर्काउने षड्यन्त्रमा संलग्न रहेको आरोपबारे फ्लिनमाथि अहिले अनुसन्धान भइरहेको छ ।
त्यो राष्ट्रपतीय निर्वाचनमा रुसको सम्भावित हस्तक्षेप र ट्रम्पको चुनावी अभियानको साठगाँठबारे भइरहेको बृहत् छानबिनको एउटा पाटो हो।
स्वार्थ
विशेष सल्लाहकार रोबर्ट मुलरले नेतृत्व गरिरहेको अनुसन्धानको मुख्य पात्रका रुपमा फ्लिन रहेका छन् किनकि प्रश्न उठाउन सक्नेगरी रुसी पूर्व राजदूतसँग उनको सम्पर्क थियो र राष्ट्रपतीय अभियानका बेला उनले टर्कीको स्वार्थमा काम गरेका थिए।
त्यसबारे अमेरिकी सञ्चारमाध्यम भन्छन्न् मुलरको टोलीले पेन्सल्भेनियामा बस्दै आएका टर्कीका विपक्षी धर्मगुरु फेतुल्लाह गुलेनलाई नियन्त्रणमा लिने र गोप्य रुपमा देशबाट निकाला गर्ने विषयमा फ्लिनले छलफल गरेको भन्ने आरोपमाथि अनुसन्धान गरिरहेको छ ।
टर्कीका राष्ट्रपतिले गत वर्ष सत्ता हत्याउन गरिएको असफल प्रयासको मुख्य योजनाकार गुलेन भएको आरोप लगाउँदै आएका छन् ।
तर पर्याप्त प्रमाण नदेखिएको कारण देखाउँदै अमेरिकी सरकारले गुलेनलाई सुपुर्द गर्न अस्वीकार गर्दै आएको छ ।
खासगरी गुलेनलाई टर्की फर्काउनका निम्ति फ्लिनलाई १ करोड ५० लाख डलर प्रस्ताव गरिएको भन्ने आरोपबारे संघीय अनुसन्धानकर्ताले छानबिन गरिरहेको बताइएको छ ।
फ्लिनका एक वकिलले त्यसबारे टिप्पणी गर्न अस्वीकार गरे तर त्यसअघि उनको परामर्श कम्पनीका एकजना प्रवक्ताले गैरकानूनी कारबाहीबारे फ्लिनले छलफल गरेको अस्वीकार गरेका थिए । बिबिसी