मुस्लिम धर्मबारे संविधानमा उल्लेख गर्नेलाई मात्र समुदायको भोट

880
views

नवदृष्टि संवाददाता
सप्तरी, २६ कार्तिक । सप्तरी मुस्लिम समुदायका अगुवाहरूले आफ्नो धर्मबारे संविधानमा उल्लेख गराउन प्रतिबद्धता जनाउनेलाई मात्र मत दिने घोषणा गरेका छन् ।

जामिया इस्लामिया नामक शैक्षिक संस्थाले कञ्चनरुप नगरपालिकामा आयोजना गरेको ‘नेपालको संविधान र मुसलमान’ विषयक सामाजिक बहसमा उनीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

जमायते उलमाका केन्द्रिय सदस्य मो. नजिर अहमदले देशलाई इस्लाम धर्मावलम्बी नै रहेका दाबी गर्दै भने– ‘हामी देशको संविधान मान्छौँ तर हामीमाथि हेपचेप या अन्याय–अत्याचार भएको सहन सक्दैनौँ ।’

अधिवक्ता मो. समिमले समाजवादलाई अंगिकार गर्ने पार्टीले मात्र मुस्लिम समुदायको हक–अधिकारबारे सोच्न सक्ने भएकाले उक्त विचार बोक्ने पार्टीलाई मात्र मत दिनुपर्ने राय प्रकट गरे ।

जामिया इस्लामियाका अध्यक्ष मौलाना मो. कलिमले ठुला दलले मुस्लिम समुदायलाई चुनावमा टिकट नदिएर भोटबैंकको रुपमा मात्र प्रयोग गर्न खोजेकाले आश्वासन बाँड्ने भन्दा पनि मन जित्नेलाई मुस्लिम समुदायले भोट दिने बताए ।