भुजेलगाउँ र चिलिमडाँडा सामुदायिक होमस्टेका ३२ जनालाई तालिम (तस्विर सहित)

878
views

चन्द्रश्वर बस्ताकोटी
पोखरा,२६ कार्तिक । कास्कीकोटमा ३२ जनाले चारदिने होमस्टे (घरवास) तालिम लिए । भुजेलगाउ सामुदायिक होमस्टे का २३ जना र चिलिमडाडा सामुदायिक होमस्टेका ९ जनाले सो तालिम लिए जस्को अवसर नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत तारागाउ बिकास समितिले उपलब्ध गराएको थियो । यस्को समन्वय हाम्रो कास्कीकोट युवा सञ्जालले गरेको थियो ।

तारागाउँ विकास समिति ताहाचल काठमाडौका जगदिश प्रसाद श्रेष्ठ, मदन गोपाल बानियाँ ( मुख्य (प्रशिक्षक), तारागाउ रिसोर्ट पोखराका ब्यस्थापक प्रशिक्षक सुदिलकुमार तुलाधर, टुरिजम डेभलपमेन्ट कलेज छिनेडाडाका कुकिङ प्रशिक्षक राजकुमार लामाले प्रशिक्षण दिएको तालिमको अन्तिम दिन प्रशिक्षार्थीहरुले २५ प्रकारका खाना बनाई त्यसको सजावट गर्न तिनिहरुका फाईदाका बारेमा बुझ्ने र जान्ने अवसर पाएका छन् ।

तालिममा पोखरा लेखनाथ महानगरपालिका वडा न २४ ले तारागाउ विकास समिति र सञ्जाललाई प्रशंसाापत्र प्रदान गरेर थप उर्जा दिएको छ । कास्कीकोट, भुजेलगाउ होमस्टे (सामुदायिक) ले सबै प्रशिक्षकलाई मायाको चिनो समेत उपलब्ध गराएके छ ।

वडाअध्यक्ष ओमप्रकास सुवीिद, सञ्जाल संयोजक चन्द्रश्वर बस्ताकोटि तारागाउ विकास समितिबाट कार्यक्रमसंयोजकको रुपमा आउनु भएका जगदिश प्रसाद श्रेष्ठ प्रमुख प्रशिक्षक मदन गोपाल बानिया, स्थानिय मनहरि त्रिपाठी, खेमराज सुबेदि, प्रशिक्षक राजकुमार लामा लगायतले समापन कार्यक्रममा आफ्ना भननई राख्नु भएको थियो ।

भुजेलगाउ सामुदायिक होमस्टेका अध्यक्ष बलबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफुले सिकेका कुरालाई ब्यबहारमा उतार्ने प्रतिबद्धता सम्पुर्ण प्रशिक्षार्थीहरुले गरेका थिए ।

प्रश्षिार्थीलाई तालिम र पर्यटन प्रर्वदनलाई मुख्य जोड दिइएको उक्त तालिमको समापन समेत भएको छ । समापनलाई चिलिमडाडा होमस्टेका सचिव एवं सञ्जाल सदस्य मुना थापामगर र भुजेल गाउँ सामुदायिक होमस्टे सचिव तेजकुमारी केसीले कार्यक्रममा स्वागत गरे भने को कार्यक्रम लाल बहादुर भुजेलले संचालन गर्नु भएको थियो ।