काँग्रेसका बुढा नेता विस्थापित, युवा नेतृत्वमा– थापा

1015
views

काठमाण्डौ, २६ कार्तिक । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आसन्न चुनावपछि पार्टीका शीर्ष नेताहरुलाई विस्थापित गरेर युवा पस्ुताले पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेता थापाले पार्टीलाई मजबुत बनाउन र जनप्रिय बनाउनका लागि आफू सक्षम भएको बताउँदै पार्टीको नेतृत्व गर्न तयार रहेको बताए ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थापाले आफूले चुनाव जितेपछि कांग्रेसको नेतृत्व परिवर्तन वा सक्षम जे आवश्यक छ, त्यही बाटोमा अग्रसर हुने बताए ।