किन हुँदैछन एनालग टेलिभिजन भोलिदेखि बन्द ?

735
views

काठमाडौं २७ कात्तिक ।सरकारले मंगलबार (भालि) देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रुपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो ।
गाउँपालिका भने आउँदो वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ । सरकारले सर्बसाधारणलाई समयमै सचेत हुन र प्रविधि अपग्रेडमा ध्यान दिन पनि आग्रह गरेको छ । सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालग लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइने बताए ।

‘‘निर्धा्रित समयसीमा काटेका ठाउँमा अनुगमन टोलीले सेवा बन्द गराउछ,’’ उनले भने । अव अनुगमन टोलीले सेवा बन्द गराउदा किन बन्द गरीयो भन्ने पं्रश्न कुनै सेवा प्रदायकले गर्न पाउने छैन । आजको कारोबार दैनिकबाट