आजको मौसम हल्का वर्षा देखि आंशिक वदली

86
views

नवदृष्टि संवाददाता
पर्वत,२५, जेष्ठ

आज श’क्रबारको नेपालको मौसमी अवस्था हल्का वर्षा देखि आंशीकवदली र केहि स्थामा मौसम सफा रहेको छ । मौसम पुर्वानुमान माशाखाका अनुसार वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउ“सो कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।