एसिया कपः नेपाल र मलेसिया

951
views

कार्तिक, २८ । वर्षाका कारण सुरु रोकिएको नेपाल र मलेसियाबीचको खेल वर्षा रोकिएसँगै सुरु हुने संकेत देखिएको छ । अहिले मैदानबाट कभर हटाइएको र केहीबेरमा मैदान निरिक्षण गरी टस गरिनेछ ।

मलेसियामा जारी एसीसी यू–१९ युथ एसिया कप अन्तर्गत मंगलबार नेपालले मलेसियासँग महत्वपुर्ण खेल खेल्दैछ । यस खेलले नेपालको सेमिफाइनल पुग्ने सम्भावनाको छिनोफानो गर्नेछ । नेपाली समयअनुसार बिहान सवा ७ बजे खेल सुरु हुने खेल तालिका थियो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारतमाथि १९ रनको ऐतिहासिक जित हात पारेको थियो । आजको खेल जिते नेपाल सेमिफाइनलमा पुग्ने छ ।