यू–१९ एसिया कपः नेपाल भर्सेस मलेसिया

666
views

काठमाडौं, २८, कार्तिक २८ मलेसियामा जारी एसिसी यू–१९ एसिया कप अन्तर्गत नेपालले आयोजक मलेसियाबाट रनको ४६ लक्ष्य पाएको छ ।

वर्षाका कारण खेल ढिलो गरि सुरु भएपछि २४ ओभरमा छोट्टाइएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसियाले १५.३ ओभरमा सवै विकेट गुमाएर ४५ रन मात्रै बनाउन सकेको हो ।

मलेसियाका ओपनर आजिज साहिद मुबारकले सर्बा्धिक २० तथा विरनदीप जग्गित सिंहले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। मलेसियाका छ ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । ४.३ ओभर बलिङ गरेका उनले ८ रन मात्रै खर्चे। त्यस्तै साहब आलम, दीपेन्द्र सिंह ऐरीले समान २ तथा अनिलकुमार साहले १ विकेट लिएका छन् । प्रतियोगितामा यसअघि भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने भारतलाई १९ रनले पराजित गरेको थियो ।