यू–१९ एसिया कपः नेपालले हरायो मेलेसियालाई

570
views

काठमाण्डौ, २८ कार्तिक । मलेसियामा जारी एसिसी यू–१९ एसिया कप अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

अनिलकुमार साहले छक्का प्रहार गर्दै खेल समाप्त पारेका थिए । ४६ रनको लक्ष्य पाएको नेपालले २ विकेटको क्षतिमा ५.३ ओभरमा लक्ष्य भेटाउन सफल भएको हो ।

नेपालका लागि ओपनर अनिलकुमार साह २६ तथा भिम सार्की ३ रन बनाएर नटआउट रहे भने दीपेन्द्रसिंह ऐरीले १२ र मोहम्मद आसिफ सेख ४ रन जोडे ।

त्यसअघि वर्षाका कारण खेल ढिलो गरि सुरु भएपछि २४ ओभरमा छोट्टाइएको खेलमा मलेसियाले १५.३ ओभरमा सवै विकेट गुमाएर ४५ रन मात्रै बनाउन सक्यो । मलेसियाका ओपनर आजिज साहिद मुबारकले सर्बा्िधक २० तथा विरनदीप जग्गित सिंहले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। मलेसियाका छ ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । ४.३ ओभर बलिङ गरेका उनले ८ रन मात्रै खर्चे। त्यस्तै साहब आलम, दीपेन्द्र सिंह ऐरीले समान २ तथा अनिलकुमार साहले १ विकेट लिए ।

प्रतियोगितामा यसअघि भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने भारतलाई १९ रनले पराजित गरेको थियो ।