काठमाण्डौं क्षेत्र नं १ जित सुनिश्चित–प्रकाशमान सिंह

1989
views

काठमाण्डौ, २९, कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ बाट आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियानसहित घरदैलो अभियानमा लागेका सिंहले मतदाताबाट राम्रो आश्वासन पाएको बताउँदै आफ्नो जित सुश्चित रहेको दाबी गरे ।

सिंहले आफ्नो क्षेत्रमा खानेपानी, ढल, सडक, सडक बत्ती लगायतका विकास निर्माणका काममा आफूले ध्यान दिएको र मतदाताहरुले रुखमा भोट हाल्न प्रतिवद्ध रहेको बताउँदै शिक्षा क्षेत्रमा आफूले गरेको ठोस काम पनि मतदाताले प्रत्यक्ष अनुभूत गर्न पाएको दावी गरे ।

काठमाण्डौ क्षेत्र नं १ मा प्रकाशमान सिंहको मुख्य प्रतिस्पर्धाको रुपमा बीबीसी नेपालीका पूर्वप्रमुख एवं विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्र देखिएका छन् । विवेकशील साझा पार्टीका उम्मेदवार मिश्रले नेपाली कांग्रेसका भोट आफ्नो पक्षमा पारेर विजयी बन्छन् भन्ने अड्कल समत काटिन थालेको छ ।

अभियान सभालाई संबोधन गर्दै सिंहले भनेका छन् सार्वजनिक स्कुलहरुमा धेरै राम्रा कामहरु गरेका छौं, दोस्रो पटक संविधानसभा चुनावमा भोट माग्दा कांग्रेस ठूलो पार्टी भयो भने संविधान दिन्छौं भनेका थियौं संविधान पनि दिएका छौं अबको र्निाचनमा काँग्रेले जिते मुलुकलाई समृद्धि बनाउने छौं ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो क्षेत्रमा अन्य उम्मेद्धवारलाई निर्वाचन जित्न एकदम कठिन रहेको नेता ंिसहको भनाई थियो । सिंंह २०६४ भन्दा २०७० को संविधानसभा निर्वाचनमा सहज रुपमा जीत हासिल गरेको भएपनि यसपटक अलि बढी नै सक्रिय भएर चुनावी अभियानमा लागेका छन् ।