कार्तिक २९ गते । जिम्बाबेमा सेनाले कू गर्दै शासन सत्ता कब्जा गरेको छ । सेनाले जिम्बावेका राष्ट्रपति रोर्बट मुगवेलाई पक्राउ गर्दै शासन सत्ता हातमा लिएको हो ।
जिम्बावेको सेनाले सार्वजनिक मिडिया ब्रोडकास्टर जेडबीसी नियन्त्रणमा लिएको थियो । सैनिक कू पछि सेनाका जनरलले सम्बोधन गर्दै कू नभएको बताए । साथै राष्ट्रपति मुगाबे र उनको परिवार सुरक्षित रहेको बताएको छ । सेनाले मुगाबे वरिपरि रहेर अपराध गर्नेहरु मात्र आफ्नो निसानामा रहेको बताएको छ । सेनाले भनेको छ ‘जब हामी आफ्नो मिसन सम्पन्न गर्छौ, स्थित सामान्य हुनेछ ।’
सत्तारुढ पार्टीले ट्वीट गरेर मुगाबे पक्राउ परेको जानकारी दिएको बीबीसीले लेखेको छ । सेनाले संसद र सत्तारुढ पार्टी जानु पीएफ पार्टीको मुख्यालय जाने बाटो बन्द गरेको छ । राजधानी हरारेको उत्तरी भागमा गोली चलेको र विस्फोटको आवाज समेत सुनिएको छ ।
अहिले जिम्बाबेको शासन सत्ताको प्रमुखको रुपमा सेनाका प्रमुख चिनेंग्वालाई जिम्मेवारी दिईएको छ । चिनेंग्वालाई बर्खास्त उपराष्ट्रपति ईमरसन मानगावाको निकट पात्रको रुपमा समेत लिईने गरिन्छ । मानगवालाई भावी राष्ट्रपतिको प्रबल दाबेदारको रुपमा लिईएको थियो तर राष्ट्रपतिले बर्खास्त गरेपछि उनले सेनाको सहयोगमा कू लादेको सत्तारुढ पार्टीको आरोप छ ।
मुगावेले उपराष्ट्रपति इमरसन मानगावाको बर्खास्ती गरेसँगै सेनाल एक्सन स्वरुप सैन्य कू गरेको पाईएको छ । मुगावेकी पत्नी ५२ वर्षीया ग्रेसले आफ्नो पति मुगाबेको पदचाप पछ्याउँदै जिम्बावेको नेतृत्व गर्ने तयारीका रुपमा हेरिएको थियो ।
ग्रेसले मानगावालाई उपराष्ट्रपतिबाट हटाउन ग्रेसले पति मुगाबेलाई चेतावनी दिएकी थिइन् । गुप्तचर ब्यूरोका पूर्व प्रमुख समेत रहेका मानगावालाई बर्खास्त गरेपछि जानु पीएफ पार्टीको आगामी महिना हुने विशेष सम्मेलनबाट मुगाबी पत्नीलाई उपराष्ट्रपति नियुक्त गर्ने अनुमान थियो । मुगाबे सन् १९८० देखि निरन्तर रुपमा जिम्बाबेको शासन सत्ता सम्हाल्दै आएको छन् ।