आजदेखी एनालग केबल टीभी बन्द

2238
views

काठमाडौं, २९ कात्तिक । सूचना तथा सञ्चार मन्त्रालयले बुधबार (आज) देखि काठमाडौं उपत्यकाभित्रका एनालग प्रविधिबाट सञ्चालन हुँदै आएका केबल टीभीको सिग्नल बन्द गरेको छ ।

फ्रिक्वेन्सी व्यवस्थापन शाखाका संयोजक अनुप नेपालको टोलीले केबल सञ्चालन स्टेसनहरुको अनुगमन गरी एनलग प्रविधिको सिग्नल बन्द गरेको हो ।

केबल टीभी महासंघ र केबल टीभी व्यवसायी महासंघकै अनुरोधमा देशभर सन्चालनमा रहेका एनालग केबल टेलिभिजनलाई डिजिटलमा लैजान लागिएको सञ्चार मन्त्रालयको भनाइ छ ।

सरकारी निकायले सबै केबल अपरेटहरुलाई अनिवार्यरुपमा बुधबारदेखि डिजिटल सेवा प्रदान गर्न बाध्य बनाएको केबल सञ्चालकहरुले बताएका छन् ।

डिजिटल टेलिभिजन हेर्न भने ग्राहकले २ देखि ३ हजार रुपैयाँ खर्च गरेर डिजिटल सेटअप बक्स जडन गर्नुपर्नेछ । तत्कालका लागि १५ लाख बक्स आवश्यक पर्ने भएपनि सरकारले ५ लाखमात्र उपलब्ध गराएको केबल सञ्चालकहरुको दाबी छ ।