रुकुममा फलेको स्याउल बजार पाएन

632
views

रुकुम ३० कार्तिक । यहाँको दुर्गम गाउँमा पहिलोपटक लटरम्म फलेका स्याउ देखेर दंग परेका किसान बिक्री गर्न नसकेपछि नोक्सान होला भनेर पिरोलीन थालेका छन ।


पुथाउत्तरगंगा गाउँपालिका २ पेल्मामा केही वषअघि लगाइएको स्याउका बोटमा पहिलोपटक फल लागेको हो । पहिलोपटक नै लटरम्म स्याउ फलेपछि हर्षित उनीहरु उत्पादित सबै स्याउ बिक्रि नहुने होकी भन्ने पिरलोमा छन । पेल्माम कृषक समुह र व्याक्तिगत गरी यस वर्ष करिब २० टन स्याउ उत्पादन भएको पुथाउत्तगंगा गाउँ कार्यपालिकाका सदस्य जिताराम कामीले बताए ।
यस वर्ष फलेकामध्ये ५० प्रतिशत मात्रै स्याउ बिक्री हुने अवस्था आएको छ । ढुवानी समस्या र बजार अभावका कारण आधा स्याउ घर तथा बारीमै कुहिने अवस्था सिर्जना भएको छ । सर्बै स्याउ विषादी रहित पूर्ण अर्गा्निक रहेको दावी किसानको छ । फलेको २० मध्ये १० टन प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाको ब्लक कार्यक्रम ले ढुवानीमा अनुदान गरेपछि बजारसम्म पुर्याउन सकिएको छ । आजको कान्तिपुर दैनिकबाट