अफगानिस्तानमा मधुमेहले वर्षेनी १९ हजार ७ सयको मृत्यु

1077
views

काबुल, ३०, कात्तिक । अफगानिस्तानमा मधुमेहका कारण वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु हुने गरेको को अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सन् २०१२ मा अन्तराष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९ हजार ७७३ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

मन्त्रालयले ८ लाख ४९ हजार जनालाई मधुमेह रोग लागेको पाइएको पनि जनाएको छ । नसर्ने रोगबाट मृत्यु हुनेहरूको संख्या धेरै भएकाले त्यसबारेमा आम नागरिकमा सचेतना अभिवृद्धि गर्नु अत्यावश्यक रहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

अन्तर्रा्ष्ट्रिय मधुमेह महासंघ र विश्व स्वास्थ्य संगठनको पहलमा हरेक वर्षको नोभेम्बर १४ तारिखका दिन संसारभरी विश्व मधुमेह दिवस मनाउने गरिएको छ ।