नेकपाका पाँचजना नेता तथा कार्यकर्ता पक्राउ

847
views

इटहरी, ३०, कात्तिक । नेकपाका पाँचजना नेता तथा कार्यकर्ता प्रक्राउ परेका छन् । देशका विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले विप्लव नेकपाप्रति निगरानी बढाउँदै कार्यकर्ता गिरफ्तार गरेको हो ।

सुनसरी जिल्लामा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको चुनाव प्र्रचारप्रसारमा आक्रमण हुनसक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै विप्लव नेकपाका पाँचजना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्वाचनमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै सुनसरी प्रहरीले बराहक्षेत्र–३ बाट इन्द्रबहादुर राई, धरान–१७ बाट जयकुमार राई, इटहरी–९ बाट रोशन ढकाल र लक्ष्मण कार्की तथा इटहरी–५ बाट रामप्रसाद राईलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।