मरुभूमि गएका प्रिय युवाहरु गाउँ बनाउन आऊ–तिवारी

1021
views

पर्वत, १ मंसिर । नेपाली काँग्रेसको तर्फबाट पर्वत प्रदेश नं ‘ख’ प्रदेश सभाका उम्मेदवार राजेन्द्र तिवारीले मरुभूमि बनाउन गएका युवाहरुलाई स्वेश बनाउन आफ्नै जन्मभूमि फर्कन आग्रह गर्दै सो अवसर आफुलाई दिलाउन मतदाता समक्ष अपिल गरेका छन् ।
तिवारीले आफु जन्मेका पाखापखेराहरु पर्याप्त सम्भावनामा रुझेको बिरालो जस्तो न्याउरो अनुहार पारेर बसेको र गाउँको ठिटो मरुभूमि बनाउन जाँदा मन छियाछिया परेको बताए ।
तिवारीले आफुले अवसर पाए बाझो जमिन हराभरा बनाउने, ग्रामिण गोरेटो चौडा बनाउने, नदीनालाबाट उर्जा निकाल्ने देखिका विकासका कार्यहरु गर्न एकपटक मत दिन अपिल गरे ।
चुनावी अभियानमा बालाकोट पुगेका तिवारीले आम मतदातालाई चिल्ला गाडीमा आउने नेतालाई विदाई गर्दै नभई फाटेका चप्पलमा आएको उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
विगतमा जनमत बटुलेर चिल्ला गाडी चढ्ने मौका पाएका नेताहरुले ग्रामिणवासिलाई विकास दिन नसकेको भन्दै पटक पटक मौका दिँदा ग्रामिण गाउँका पाखाहरु रित्तिदैं गएकोले यसपटक सक्षम र सवल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
तिवारीले भने ‘प्रिय यूवाहरु मरुभूमि बनाउन जानु तपाईहरुको रहर होईन वाद्यता हो, आउ स्वेदश मरुभूमि छोडर मातृभूमि बनाउन, सहि उम्मेदवार चयन गरि गाउँ बनाउन ।’