प्रधानसेनापति निरीक्षण भ्रमणमा

975
views

काठमाण्डौ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले मनाङ जिल्लाको चामेस्थित केवलजंग गुल्म र पोखरास्थित पश्चिम पृतना हेर्डक्वाटरेको निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको तयारीको बिषयमा जानकारी लिनभएको छ ।

निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति आजै काठमाडौं फिर्ता हुनुभएको सैनिक जनसम्र्पक कार्यालयले जानकारी दिएको छ ।