प्रचण्डपुत्र प्रकाश दाहालको निधन

750
views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा र्पुयाइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।

पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।

अचानक हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल र्पुयाएका दाहाललाई डाक्टरले बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए । अहिले अस्पताल परिसरमा सुरक्षाकर्मी, नेता तथा सर्वसाधारणको भीडभाड बढेको छ । दाहालको उपचारका लागि डाक्टर जेपी जैसवालकोे टिम खटिएको थियो ।