प्रचण्ड काठमाडौँ आइपुगे, ओली पनि झापाबाट काठमाडौँमा

768
views

काठमाडौँ, ३, मंसिर । छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेरअघि हेलिकप्टरमार्फत काठमाडौँमा अवतरण गरेका छन् ।

झापाबाट काठमाडौँ उडेका ‘प्रचण्ड’ बल्खुस्थित बयोधा अस्तालको हेलिप्याडमा अवतरण गरेका छन् । उनी त्यहाँबाट थापाथली स्थित नर्भिक अस्पताल आउने भएका छन् ।

प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि हेलिकप्टरमा झापाबाट काठमाडौँ आएका छन् । प्रचण्ड हेलिकप्टरमार्फत बल्खुमा ओर्लने भएपछि बल्खुदेखि थापाथलीसम्मको सडक खाली बनाइएको छ ।