पैसावालसँग चुनौतिपुर्ण उम्मेदवारी–खतिवडा

1669
views

काठमाडौँ, ३, मंसिर । प्रतिनिधि तथा प्रदेशसभा चुनावमा आफ्नो जीत सुनिश्चत भन्दै अभियानमा लागेका विभिन्न राजनीतिक दल र तिनका उम्मेदवारसँगै कार्यकर्ताहरु मतदाता रिझाउन गाउँगाउँ पुगेका छन् ।

नुवाकोट निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका साझा वाम गठबन्धनबाट उम्मेदवारी दिएका एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा जिल्लाको सिपाही बनेर राजनीतिक यात्रा अघि बढाइरहेकाले जित सुनिश्चित रहेको बताउँछन् ।

संविधान कार्यान्वयन गर्न, मुलुकमा गणतन्त्रको संस्थागत विकास, अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउन, विधिको शासन र आर्थिक समृद्घिका लागि आफ्नो उम्मेदवारी भएको खतिवडाको भनाई छ ।

खतिवडाले आफ्ना ऐजेण्डाहरु समेत सार्वजनिक गर्दै जिल्लाका सबै स्थानीय तहमा भौतिक पुर्वाधारको रुपरेखा कोरिएको छ । ग्रामीण सडक, खानेपानी, विद्यालयको आधुनिकीकरण र सुविधा सम्पन्न बनाइने एजेण्डामा सार्वजनिक गरेका छन् ।

उनले कृषि क्षेत्रलाई ब्यवसायिकरण, स्थानीय तहमा नै सानातिना रोजगारी सृजना गरि युवा शक्तिलाई वैदेशिक रोजगारीमा जान कमि ल्याउने जस्ता विषयलाई प्रस्तुत गरेका छन् । उनले आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरु पैसावाल भएकेले आपफ्नो लागि चुनाव चुनौतीपुर्ण भएको बताएका छन् ।

नुवाकोटको प्रतिनिधि सभातर्फ क्षेत्र नं २ मा वाम गठबन्धनबाट नारायण प्रसाद खतिवडा प्रदेशसभातर्फ २ को (क) मा संयुक्त वाम गठबन्धनबाट एमालेका पुर्व विदेशविभाग सचिव केशवराज पाण्डे र (ख) मा माओवादी केन्द्रका जिल्ला संयोजक हिरानाथ खतिवडा चुनावी मैदानमा रहनुभएको छ ।