पुत्रवियोग पछि प्रचण्ड चितवन आमसभामा सहभागी हुने तर संबोधन नगर्ने

783
views

काठमाण्डौ, ४ मंसिर । पुत्रवियोग पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार सार्वजनिक सभामा सहभागी हुने भएका छन् ।

अध्यक्ष प्रचण्डले भोलि चितवनमा आयोजना गरिएको चुनावी सभामा सहभागी हुने भएका हुन् । सभामा भाग लिएपनि प्रचण्डले सभालाई भने सम्बोधन नगर्ने भएका छन् । प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो । त्यसलगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो । तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ ।
प्रचण्डको चुनावी क्षेत्रमा हुने भोलिको सभाको सुरुमा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली दिइने छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा बादल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।