ठूला दलले राज्यको ढुकुटी सके –प्रा.डा. गुरुङ

जनवादी शासनका लागि मुठ्ठी चिन्हमा मतादान गर्न अपिल

931
views

बाग्लुङ, ५ मंसिर । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको चुनावी सभा बाग्लुङ्गको विभिन्न ठाउँमा सम्पन्न भएको छ । वाग्लुङका केहि ठाउँमा अभियान जारी ।

बुर्तिबाङ्गमा आयोजित चुनावी सभालाई नेकपा –क्रान्तिकारी माओवादी) देशभक्त जनगणतान्त्रिक मोर्चा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार प्रा.डा. ओम गुरुङले संबोधन गर्दै ठूला दलले राज्यको ढुकुटी सकेर राज्यलाई खुवा बनाएको बताए ।

गुरुङले अहिलेको राज्य सत्ता र ठूला भनिने राजनीतिक दलहरुले आदिवासी जनजातीहरुको पहिचान र अधिकारलाई समेत वेवास्था गर्दै अहिलेको नयाँ संविधानले पनि आदिवासी जनजातीहरुप्रति जाती, भाषा, धर्मको आधारमा गरिने विभेदलाइ निरन्तरता दिएको बताए ।

गुरुङले यस विरुद्ध संसदमा हस्क्षेपकारी भुमिका खेल्न आफू देजमोको तर्फबाट प्रतिनिधि सभामा समनुपातिक उम्मेदवार बनेको स्पष्ट पार्दै जनताको व्यवस्था स्थापित गर्नका लागि आफ्नो मोर्चाका उम्मेदवारहरुलाई मतदान गर्न मतदाता समक्ष अपिल गरे ।

उनले शोषित पीडित उपेक्षित वर्ग जातजाति आदिवासी जनजातीको पहिचान र अधिकारको पक्षमा सशक्त रूपमा बैधानिक मोर्चाबाटै आन्दोलनलाई निरन्तरता दिनको लागि मुठ्ठी चिन्ह मार्फत मतदाता समक्ष आएको पनि स्पष्ट पारे ।

कार्यक्रममा बागलुङ क्षेत्र न. २ का उम्मेदवार निल बहादुर पुन, गुञ्ज बहादुर भण्डारी, सन्तु कुमारी घर्तीले समेतले संबोधन गरेका थिए ।
वुर्तिबाङमा चुनावी सभाको अध्यक्षता घन बहादुर अर्गेजाले गरेका थिए भने सभाको सञ्चालन युवा नेता बिक्रम थापाले गरेका थिए ।