बम हल्लाले सर्वोच्चमा तनाव, अनुसन्धान शुरु

642
views

काठमाडौं, ५, मंसिर । सर्वोच्च अदालत परिसरमा बम रहेको हल्ला चलेको छ । हल्ला चले लगत्तै अहिले सुरक्षाकर्मीले खोजी कार्य गरिरहेको छ । अज्ञात व्यक्तिले फोन गरेर सर्वोच्च परिसरमा तीन ठाउँमा बम राखेको खबर गरेपछि उच्च सजगतमा अपनाइएको प्रहरीले जनाएको छ ।

खोजी कार्य जारी राख्दै डिस्पोजल टोली पनि तयारी अवस्थामा राखिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका एक अधिकारीले बताए । सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन् ।

सर्बोच्च अदालतमा बम राखिएको हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् । अज्ञात व्यक्तिले सर्बोच्चमा बम राखिएको भन्दै सह–रजिष्टार नारायण पन्थीलाई फोन गरेको थियो । सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको छ । सर्बोच्च प्रशासनले आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराएको छ ।