जनगायक पाख्रिनलाई प्रचण्ड र ओलीद्वारा झण्डा ओढाएर श्रदान्जली

831
views

काठमाण्डौ, ६ मंसिर । भरतपुर ६ मंसिर । मंगलबार साँझ आकस्मिक रुपमा निधन भएका माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार एवं जनगायक खुसीराम पाख्रिनको पार्थीव शरीरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा झण्डा ओढाएर सम्मान तथा अन्तिम श्रदान्जली दिएका छन् ।
बुधबार बिहान माओवादी केन्द्र चितवनको जिल्ला कार्यालय कृष्णपुरमा आयोजित कार्यक्रममा संयुक्त रुपमा झण्डा ओढाएका हुन् ।
त्यसैगरी माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा बादल, अमिक शेरचन, मणि थापा लगायत हजारौंको संख्यामा उपस्थित जनसमुदायले पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका थिए ।
श्रद्धाञ्जलीपूर्व माओवादी केन्द्रले शोक वक्तव्य जारी गर्दै पाख्रिनको निधनले माओवादी केन्द्र, नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिवादी साहित्यिक एवं सांस्कृतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।