आदर्श माविमा विश्व बाल अधिकार दिवस मनाइयो

810
views

पर्वत । नोभेम्बर २० (मार्ग ४) अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आदर्श अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय कुश्माले विश्व बाल अधिकार दिवस डे सेलेबेरेसनका रुपमा मनाइएको थियो । सबै विद्यार्थीहरुलाई मास एसेब्लिको आयोजना गरि यस सम्बन्धि जानकारी सहित छलफल गराइएको थियो ।
नेपालले अन्तराष्ट्रिय बाल अधिकार महासन्धिलाई अनुमोदन गरेको र त्यसलाई नेपालको संविधानमा समेत व्यवस्था गरेको छ । बालश्रम निषेधित ऐन समेत आइसकेकोको र कार्यान्वयनमा जोडदिनु पर्नेकुराको बारेमा समेत जानकारी गराइएको थियो । यो जानाकारी तथा अभिमुखिकरण विद्यालयका प्रिन्सिपल हिम बहादुर पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका एकेडेमिक इन्चार्ज तथा आइ एस ए कोर्डिनेटर कमल थापाले वालवालिकाको हक र अधिकारका लागि बनाइएका कानुनहरुलाई अक्षरशः पालना हुनुपर्ने कुरा बताउ“दै आजका बालबालिकाहरु आफ्ना अधिकार प्राप्तिका लागि आफैं जाग्नुपर्ने कुरा बताउनुभयो ।
विद्यालयमा गठित बाल क्लवकी अध्यक्ष करुणा पौडेलले आफूले विद्यालयमा बालमैत्री वातावरण पाएको कुरा बताउ“दै आफूहरुले सिकेका कुराहरु समाजमा समेत लागू गर्ने कुरा बताईन् ।
पहिलो दिनको अभिमुखिकरण पश्चात दोश्रो दिन बाल अधिकारको बुझाई मुल्यांकनको निम्ति कक्षागत रुपमा पुनः जानकारीका साथ एसेम्बलीमा धेरै विद्यार्थीहरुले कविता, गित र वक्तृत्वमार्फत बाल अधिकारबारेमा अभिव्यत्तीहरु व्यक्त गरेका थिए ।
विश्व बालअधिकार दिवस विद्यार्थी, बाल क्लव, शिक्षक कर्मचारी तथा अभिभावक सहित सबैलाई बालअधिकारबारे जानकारी गराई घर तथा बिद्यालयलाई बालअधिकार संरक्षित क्षेत्र बनाउने अभियान आइएस ए परियोजना कार्य अन्र्तगत सम्पन्न गरिएको थियो ।
कार्यक्रमले आफनो अधिकार र कर्तव्यको समेत बोध भएको कुरा विद्यालयमा गठित विभिन्न क्लवका विद्यार्थीहरुले बताएका थिए ।