१ सय ६४ स्थानीयतह बैंकिङ सेवाबाट बञ्चित

642
views

काठमाण्डौ, ८ मंसिर । नेपालका कूल ७ सय ५३ स्थानीयतहमध्ये १ सय ६४ स्थानीयतहमा अझै बैंकिङ सेवा पुगेको छैन । मुलकका दुर्गम र अतिविकट स्थानमा आधारभूत भौतिक संरचना नबनेको भन्दै बैंकहरु ती स्थानीयतहमा जान मानेका छैनन् ।

त्यस्ता स्थानीयतहमा बैंक सञ्चालनका आवस्यक पूर्वाधार नभएसम्म बैंक पुग्न कठिनाई भएको राष्ट्रबैंकको भनाइ छ । राष्ट्रबैंकको पछिल्लो तथ्यांक अनुसार मुलुकका कुल ७ सय ५३ स्थानीयमध्ये २ सय ९७ स्थानमा वाणिज्य बैंक पुगिसकेका छन् ।

२ सय ९२ स्थानीयतहमा जान बैंकहरुले भागबण्डा गरिसकेका छन् भने १६४ स्थानीयतहमा अहिलेसम्म बैंक पुगेका छैनन् ।राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार सिरहा, दोलखा, रामेछाप, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, काभ्रे,धादिङ, नुवाकोट लगायत विभिन्न १ सय ६४ स्थानीयतहमा बैंक पुग्न नसकेको अवस्था हो । आजको राजधानी दैनिकबाट