रसुवामा लोकतान्त्रिक र वाम गठवन्धनका कार्यकर्ताबीच कुटाकुट

793
views

सर्लाही, ८ मंसिर । मौन अवधि सुरु हुनुभन्दा केही समयअगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि गएराति रसुवामा हवाइ फायरिङ भएको छ । गएराती ११ बजे दक्षिणी कालिकास्थान क्षेत्रमा हवाइ फायर भएको हो ।

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि १३ राउन्ड हवाइ फायरिङ गरिएको प्रहरीले जनाएको छ । अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।

मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप सुरक्षा गस्तीलाई तीव्रता दिइएको पनि उनले बताए । मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।